दुध किसानका लागि अनुदान स्वरुप १६ करोड

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १७:०८

हेटौंडा । बागमती प्रदेश सरकारले आजको बजेट भाषण मार्फत् दुग्ध किसानका लागि अनुदान स्वरुप १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले दुध किसानको खातामा सोझै रकम जम्मा हुने चालु आर्थिक वर्षको कार्यक्रमलाई निरन्तरता दिँदै सोही प्रयोजनका लागि १६ करोड बजेट बिनियोजन गरेको जानकारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*