अझै सुरु भएन बागमती प्रदेशको बजेट भाषण

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १६:१९

मकवानपुर । बागमती प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्न तोकिएको समय भन्दा ढिलो हुने भएको छ ।

बागमती प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न प्राविधिक समस्याका कारणले ढिलो भएको हो ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि करिव ५४ अर्वको बजेट प्रस्तुत गर्दैछन् ।

बजेट वक्तव्यको सुटकेश लिएर मन्त्री ढुंगेल प्रदेशसभा भवन पुगिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*