आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको हिजो सोमबारको तुलनामा स्थिर रहेको छ ।
योसँगै आज प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार सुनको भाउ तोलामै ७०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ७०० रुपैयाँ कारोबार भएको छ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ नै कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।
