अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य घट्यो

तु खबर संवाददाता
२०७८ जेष्ठ २४, सोमबार १४:५९
file photo

काठमाडौं । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य घटेको छ ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतले घटाएको हो ।

यस अनुसार अब हवाई इन्धनको मूल्य अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ७१५ अमेरिकी डलरमा झरेको छ । निगमले प्रतिकिलोलिटर १७८ अमेरिकी डलर मूल्य कटौती गर्ने निर्णय लिएको हो ।

निगमले हवाई इन्धनबाट पाक्षिक १ करोड ५० लाख नाफा आर्जन गरिरहेको थियो । तर, यो नाफा एलपी ग्यासमा भइरहेको पाक्षिक ५० करोडको तुलनामा निकै कम भएको भन्दै मूल्य घटाउन राजी भएको हो ।

आयल निगमको यो निर्णयसँगै अब नेपाल वायुसेवा निगमको वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*