मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो

तु खबर संवाददाता
२०७८ जेष्ठ १९, बुधबार १५:४६

मकवानपुर । मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर ३१ गतेसम्म पु¥याउने निर्णय गरेको छ ।

त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु विहान ८ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले बैंकहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र विहिबार विहान १० बजेदेखि २ बजेसम्म संचालन गर्न दिने र अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*