बजेटमार्फत् सरकारले गर्यो यी क्षेत्रहरुलाई नविकरण छुट दिने घोषणा

तु खबर संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १७:३१
file-photo

काठमााडौं । आज जारी बजेट भाषणबाट सरकारले कोभिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने इजाजत तथा नविकरण शुल्क छुट दिने घोषणा गरेको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले होटलसहित पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी पार्लर, हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८ र ७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए । ती उद्योगहरु स्वतः नविकरण हुने पौडेलले जानकारी दिए ।

त्यसैगरी सरकारले सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*