बिद्यार्थीलाई एक थान सिमकार्ड फ्रि दिइने, ल्यापटप किन्न ८० हजार ऋण

काठमाडौं । सरकारले १६ वर्षभन्दा माथिका विद्यार्थीका लागि एक थान सिमकार्ड निशुल्क दिने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
साथै सरकारले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई ल्यापटप खरिद गर्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ । यस्तो रकम २ वर्षभित्र तिर्नुपर्ने बजेटमा उल्लेख छ ।