अक्सिजन उद्योगको उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाह हुने
काठमाडौं । सरकारले अक्सिजन उद्योगका उपकरण खरिदमा लाग्ने भन्सार र त्यसमा लाग्ने भ्याट छुट गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट बक्तव्यमार्फत् अर्थमन्त्री बिष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । साथै बजेट मार्फत् सरकारले नीजि तथा सामुदायिक अस्पतालले जडान गर्ने अक्सिजन प्लान्टको लागतमा ५० प्रतिशतसम्म अनुदान दिने घोषणा पनि गरेको छ ।
कोभिड अवधि भरी अक्सिजन उत्पादन गर्ने उद्योगलाई ५० प्रतिशत बिजुली महसुल मिनाह हुने घोषणा पनि सरकारले गरेको छ ।
