जेष्ठ नागरिकलाई अब मासिक ४ हजार भत्ता
काठमाडौं । सरकारले जेष्ठ नागरिकलाई अब मासिक ४ हजार भत्ता दिने घोषणा गरेको छ । जारी बजेट भाषणमा अर्थमन्त्री बिष्णु पौडेलले जेष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता दिने घोषणा गरेका हुन् ।
उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिएका छन् । यसका लागि १ खर्व बिनियोजन गरिएको अर्थमन्त्रीले जनाएका छन् ।.
सरकारले आजको बजेट मार्फत् बढाएको मासिक भत्ता साउन १ गतेबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले मासिक ३ हजार रुपैयाँ दिँदै आएको थियो ।
मतदातालाई प्रभावित पार्ने गरी बजेट नल्याउन सरकारलाई सुझाव आएको भएपनि सरकारले त्यसलाई अस्वीकार गरी भत्ता बढाउने निर्णय गरेको हो ।
