कोरोना नियन्त्रणको लागि अष्ट्रेलियाले नेपाललाई ७० लाख डलर दिने

तु खबर संवाददाता
२०७८ जेष्ठ ७, शुक्रबार १४:२४
file-photo

अष्ट्रेलियाले नेपालमा बढ्दो कोरोना भाइरस संक्रमण न्यूनिकरणको लागि सहयोग गर्ने घोषणा गरेको छ ।

अष्ट्रेलियाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गरी नेपाललाई कोरोना महामारी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर प्रदान गर्ने जनाएको छ । यो सहयोग राष्ट्रसंघ र एनजीओमार्फत् प्रदान गर्ने विज्ञप्तिमा जनाइएको छ ।

अष्ट्रेलियाले बंगलादेश र श्रीलंकालाई पनि सहयोगको घोषणा गरेको छ । बंगलादेशलाई ५० लाख र श्रीलंकालाई ५५ लाख डलर सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*