कस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार भाउ बढेसँगै प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको भाउ भने घटेको प्रतितोला १० रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी प्रतितोला एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।
