मलको समस्या सधैंको लागि अन्त्य भयोः मन्त्री अर्याल
काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैको लागि अन्त्य भएको बताएकी छन् ।
बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैको लागि अन्त्य भएको बताएकी हुन् ।
उनले आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ति हुन थालेपछि मलको समस्या हटेको बताइन् ।
मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरि काम अगाडि बढेको मन्त्री अर्यालले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।
कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ ।
