“सूर्या चौरासी पूजा” जीवन बीमा योजना सार्वजनिक
मकवानपुर । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले सूर्या चौरासी पूजा जीवन बीमा योजना ल्याएको जनाएको छ । ‘दीर्घ जीवन समृद्धि भविष्य’ भन्ने सन्देशका साथ कम्पनीले ‘सूर्या चौरासी पूजा’ नामक नयाँ जीवन बीमा योजना बजारमा ल्याएको हो।
शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्राण्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराइले संयुक्त रुपमा यस पोलिसीको अनावरण गरेका हुन्।
कम्पनीले अनावरण कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सम्मान गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःसहाय सेवा सदन शान्तिनगरलाई सहयोग प्रदान गरेको थियो ।
न्युनतम बीमा शुल्कमा बीमितको अधिकतम जोखिम रक्षावरण गर्न तथा इच्छाइएको अवधि पछि पनि बीमितको जीवन निर्वाहको लागि नियमित प्रतिफल उपलब्ध गराउन यो योजना ल्याइएको कम्पनीले जनाएको छ।
‘सूर्या चौरासी पूजा’ जीवन बीमा पोलिसी खरिद गर्ने बीमित जीवित रहेसम्म यो योजना लागु हुने जनाइएको छ । यो योजनामा बीमा शुल्क भुक्तानी अवधि पछि एकमुष्ठ आर्जित बोनस प्राप्त हुने कम्पनीले जनाएको छ। त्यस्तै आर्जीत बोनस लिएपछि आउने प्रत्येक बीमा वार्षिकोत्सवमा ८२ वर्षसम्म बीमाङ्कको ६ प्रतिशत रकम नियमित प्राप्त हुनेछ। र बीमितले ८३ वर्ष पुगेपछि एकमुष्ठ बीमाङ्कको १५० प्रतिशत प्राप्त गर्नेछ।



