केपी ओलीको एक मिनेट पनि पदमा बस्ने आधार छैन – प्रवक्ता श्रेष्ठ

मकवानपुर । प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता (प्रवक्ता) नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको बताएका छन् ।
प्रचण्ड–नेपाल समूहको नेकपाले आज राजधानी काठमाडौँमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘अवैधानिक’ भएको जिकिर गरे ।
‘केपी ओली अहिले संसदको सदस्य छैनन्, यो कामचलाउन सरकार हुनसक्थ्यो तर यो अवैधानिक सरकार हो, प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने आधार छैन,’ नेता श्रेष्ठले भने ।