रु ९०० ले घट्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ प्रतितोला रु ९०० ले घटेको छ । भाउ बढेसँगै आज सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ ।
यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।
