आजको सुनको भाउ बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज छापावाला सुन प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । यसअघि आइतबार छापावाला प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो ।
यस्तै, आज तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि आइतबार तेजावी सुन प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । आइतबार चाँदी रु एक हजार २८० मा कारोवार भएको थियो ।
