मंगलबार सुनको भाउ बढ्यो
नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ । सोमबार घटेको सुनको भाउ मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाउ बढेसँगै मंगलबार छापावाल सुन प्रतितोला ९० हजार ५०० रुपैयामा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार तेजाबी सुन रु ८९ हजार ५५० मा कारोवार भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला रु एक हजार १५५ मा कारोवार भएको छ । सोमबार प्रतितोला रु एक हजार १२० मा कारोवार भएको चाँदी आज भने तोलामा रु ३५ ले वृद्धि भएको महासंघले जनाएको छ ।
