शुक्रबार नेपाली बजारमा सुनको भाउ घट्यो

तु खबर संवाददाता
२०७७ मंसिर १२, शुक्रबार १४:५२
file photo

नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, नेपाली बजारमा शुक्रबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै शुक्रबार सनु प्रतितोला ९१ हजार ३०० मा कारोवार भइरहेको महासंघले जनाएको छ । यसअघि बिहिबार छापावाला सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला रु ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।

यसैगरी, आज चाँदी प्रतितोला रु एक हजार १६५ मा कारोवार भएको छ । बिहीबारका तुलनामा चाँदी प्रतितोला रु १० ले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला रु एक हजार १७५ मा कारोवार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*