सुनको भाउ बढ्यो, तोलामा कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
