जमिन बाँझो राखेर खाद्यान्नमा आत्मनिर्भर हुँदैन : मन्त्री लामा

तु खबर संवाददाता
२०७७ आश्विन २९, बिहीबार १७:४६

मकवानपुर । बागमती प्रदेशको भूमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले जमिन बाँझो राखेर खाद्यान्नमा आत्मनिर्भर हुन नसकिने बताएका छन् ।

मन्त्री लामाले बिहीबार उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरको आयोजनामा हेटौंडामा भएको खाद्य स्वच्छता सम्बन्धि उपभोक्ता सचेतना कार्यक्रममा बोल्दै सो बुरा बताएका हुन् ।

उनले भने, ‘हिमालदेखि तराईसम्म खेतिपातीको लागि उपयुक्त हावापानी सहित जमिन बाँझो छ, तर विषाधीयुक्त खाद्यान्न विदेशबाट आयात गर्न बाध्य छौं ।’ खाद्यान्नमा आत्मनिर्भर हुँदै ब्यवसायीक ढंगले कृषि कर्म गर्नसके देश समृद्ध बन्ने मन्त्री लामाको भनाई छ ।

कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष ज्योती बानियाँले स्वस्थ खानाको अभावमा दैनिक रोगब्यादी बढ्दो रहेको बताए । ‘विषाधी रहित खानाको लागि प्रदेश सरकारले विषेश भूमिका खेल्नुपर्छ’, उनले भने, ‘प्रदेश सरकार आफैले छुट्टै ऐन बनाएर पनि कार्यान्वयन गर्न सक्नुपर्छ ।’

मञ्चका केन्द्रीय उपमहासचिव विष्णु प्रसाद तिमल्सिना र कार्यक्रमको सहयोगी संस्था नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना ललितपुरका प्रमुख डाक्टर बिदुर गौतमले उपभोक्ता अधिकार र खाद्या स्वच्छताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*