मन्त्रिपरिषद पुनगठनको सन्दर्भमा प्रधानमन्त्रीले मनपरी गरेको माधव नेपाल पक्षको आरोप

तु खबर संवाददाता
२०७७ आश्विन २९, बिहीबार ०८:१५
Madhav- kumar- nepal

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव नेपाल पक्षले मन्त्रिपरिषद पुनगठनको सन्दर्भमा असन्तुष्टि व्यक्त व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयलाई कुनै पनि जानकारी नदिई मन्त्रिपरिषद पुनर्गठन गरेर मनपरी गरेको भन्दै माधव नेपाल पक्षका एक नेताले बताएका छन् ।

मंगलवार मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरिएको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली आफैँले लिएका छन् ।

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*