विभिन्न पार्टी परित्याग गरी हेटौंडाका १९ जना नेपाली काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ आश्विन २८, बुधबार १५:४४

मकवानपुर । विभिन्न पार्टी परित्याग गर्दै हेटौंडा–१९ का १९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा भएको एक कार्यक्रमबीच नेकपा र राप्रपालगायत विभिन्न पार्टी परित्याग हेटौंडा–१९ बस्तिपुर र बासुदेव टोलका १९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

कार्यक्रम काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको सभाध्यक्षता तथा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आथित्यतामा भएको हो ।

नवप्रवेशीलाई पार्टीमा स्वागत गदै प्रमूख अतिथि डिनाले कम्युनिष्ट सरकारको चरम भष्ट्रचार, नजिकका केही कार्यकर्ता र आफन्तलाई मात्रै कमाउधन्दामा लगाउने र अन्यलाई विबेध गर्ने नीतिका कारण जनताहरु कोरोना महामारीको कहरका बीच पनि धमाधम कांग्रेस प्रवेश गर्ने लहर लागेको बताइन् ।

उनले कम्युनिष्ट सरकारको लाचारीपनका कारण कोरोना महामारी दिनदिनै बढ्दै गईरहेको बताउँदै कम्युनिष्टको सरकार भ्रष्टचार, बलत्कार, हत्याहिंसालाई प्रोत्साहन गर्न र निमुखा गरिब जनतालाई रोग तथा भोकमा तड्पाएर मार्न मात्रै उद्दत रहेको बताइन् ।

सोही कार्यक्रममा प्रमूख अतिथि डिनाले हेटौंडा–१८ का तरुण युवाहरुलाई १७ सेट खेलकुद सामाग्री र जर्शी प्रदान गरेकी थिइन् ।

काठमाडौं मकवानपुर सम्पर्क समितिका उपाध्यक्ष तेजप्रसाद घिमिरेले उपलब्ध गराएको १७ सेट जर्शी तथा खेलकुद सामाग्री प्रमूख अतिथि डिनाले हेटौंडा १८ का तरुण अध्यक्ष अशोक केसीलाई हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा कांग्रेसका महासमिति सदस्य दीनेश उपाध्याय, जिल्ला सदस्यहरु राजिव सुवेदी, अमृता थापा मगर, कोभिड १९ सूचना समिति मकवानपुरका संयोजक उत्सव इटेनी, तराई मधेश समन्वय विभागकी केन्द्रीय सदस्य अञ्जना उपाध्याय, तरुण दल जिल्ला सचिव सचित थापा, तरुण ३ नम्बर क्षेत्रीय अध्यक्ष सञ्जय श्रेष्ठ, काठमाडौं मकवानपुर सम्पर्क समितिका अध्यक्ष पुरुषोत्तम ठकुरी, हेटौंडा १९ का वरिष्ठ वडा उपसभापति मदन लामा, नेताहरु शालिकराम अधिकारी लक्ष्मण सुवेदी, गोविन्द भ्लोन, ज्ञानेन्द्र बर्तौलालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*