भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको काँग्रेस केन्द्रिय बैठक फेरी स्थगित भएको हो ।
भोलि बस्ने भनिएको काँग्रेस केन्द्रीय बैठक पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार, पूर्व पदाधिकारीको निधन हुँदा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र एक दिन कार्यालय बन्द गर्ने परम्परा छ । प्रसाईको २३ असोजमा निधन भएकाले २५ गते कार्यालय बन्द हुन्छ ।
बैठकको नयाँ मिति भने तोकिएको छैन ।
