आज नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । नेकपा सचिवालय बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच शुक्रबार भएको छलफल अनुसार आज सचिवालय बैठक बस्न लागेको स्रोतले बतायो ।
आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र राजनीतिक नियुक्तिको विषयमा छलफल हुने बताइएको छ ।
