गौतमबारे मुद्दा हेर्दाहेर्दैमा

पत्रपत्रिका
२०७७ आश्विन १५, बिहीबार ०८:५०
file-photo

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय सभा सदस्यका लागि मनोनीत वामदेव गौतमको योग्यताबारे परेको मुद्दाको पेसी शुक्रबारका लागि हेर्दाहेर्दैमा तोकेको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैका लागि तोकेको हो ।

हेर्दाहेर्दैमा तोकिएपछि सोही इजलासले अर्को सुनुवाइ गर्नेछ । बुधबार दुवै पक्षले आ–आफ्नोतर्फबाट बहस गरेका थिए । निवेदक पक्षले नेकपा उपाध्यक्षसमेत रहेका गौतम राष्ट्रिय सभाका लागि योग्य हुन नसक्ने दाबी गरेको थियो भने सरकारी र गौतम पक्षले निर्वाचनबाट पराजित हुनुलाई अयोग्य हुनुका रूपमा बुझ्न नहुने तर्क गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*