फेरि बढ्यो सुनको भाउ
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।
महासङ्घका अनुसार मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय र तेजाबी सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला २५ ले वृद्धि भई एक हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।
