प्रदेश प्रमुख प्रसाईद्वारा बागमती लोक सेवा आयोगको वार्षिक प्रतिवेदन ग्रहण
मकवानपुर । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७६ ग्रहण गरेका छन् । प्रदेश प्रमुख प्रसाईलाई बागमती प्रदेश लोक सेवा आयोगको तर्फबाट अध्यक्ष सुरेशमान श्रेष्ठले आज हेटौंडामा एक कार्यक्रमबीच उक्त प्रतिवेदन ग्रहण गराएका हुन् ।
सो अवसरमा प्रदेश लोक सेवा आयोगका सदस्यद्वय शर्मिला न्यौपाने र सुदर्शन प्रसाद ढकाल सहभागिता रहेका थिए ।
उक्त वार्षिक प्रतिवेदनलाई थप अध्ययन गरी सुझाव संलकनको साथै कार्यान्वयनको लागि प्रदेश सरकारलाई पठाइने भएको प्रदेशप्रमुख सचिवालयका कानुन अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।
