विभिन्न पार्टी परित्या गरी हेटौंडा–१६ का ८९ जना काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ आश्विन १२, सोमबार १५:५५

मकवानपुर । विभिन्न पार्टी परित्याग गरी हेटौंडा उपमहानगरपालिका–१६ का ८९ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । काँग्रेसले सोमबार हेटौंडा–१६ मा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान तथा विभिन्न पार्टी प्रवेश कार्यक्रममा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरि ८९ जना काँँग्रेसमा प्रवेश गरेका हुन् ।

काँग्रेस हेटौंडा–१६ का सभापति एवम् वडाध्यक्ष रामकृष्ण कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।

नेता बानियाँले नवप्रवेशीहरुलाई पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गरेका हुन् ।

उनीले नयाँ प्रवेशीहरुलाई पार्टी स्वागत गर्दै काँग्रेस नेता बानियाँले जनताले ठूलो आशाका साथ कम्युनिष्टलाई भोट दिएपनि अहिले जनताको आशामा तुसारापात गरेको बताउँदै कोरोनाको महामारीमा आक्रान्त बनेका जनतालाई कम्युनिष्ट सरकारले पीसीआर, खाद्यान्न वितरण, आईशोलेशन र क्वारेन्टाईन बनाउने नाममा करोडौं भ्रष्टाचार गरिरहेको बताए ।

उनले अहिलेको कम्युनिष्ट सरकारले किसान, मजदुर, गरिबको नाममा राजनीति गरेर सरकारमा पुगेपछि आफू र आफ्नो छोराछोरीलाई भ्रष्टाचारमा कसरी लिप्त हुने र धन कमाउन सिकाईरहेको बताउँदै कोरोना महामारीमा विद्यालयमा पढाउन असम्भव भएकाले गाउँगाउँमा ईन्टर, विद्युतको पहुँच पु¥याएर शिक्षकलाई अनलाईबाट पढाउन सिकाउन तालिम दिलाउन सरकारसंग माग गरे ।

आउँदै गरेको हिन्दु धर्मालम्बीहरु महान चाड बडादशैको शुभकामना व्यक्त गर्दै नेता बानियाँले कांग्रेसले नवप्रवेशीलाई योग्यता र क्ष्मताको आधारमा पार्टीमा उपयुक्त स्थान दिईने बताए ।

कार्यक्रममा काँग्रेस मकवानपुरका जिल्ला सदस्यहरु कृष्णप्रसाद दाहाल, नामदेव सिलवाल र भीमसेन महत, क्षेत्रीय सचिव जनक धिताल, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, पूर्व जिल्ला सदस्य कृष्णप्रसाद सापकोटा, वडा सल्लाहकार हरिप्रसाद अर्याल, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण दल जिल्ला सचिव सचित थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

त्यसैगरी कार्यक्रममा गीता राईको अध्यक्षतामा ९ सदस्यीय जुरेन्युरो टोल कमिटिसमेत गठन गरेको छ । जसको उपाध्यक्ष सुर्य श्रेष्ठ, सचिव सीमा गौतम र सदस्यहरुमा अर्जुन बि.क., गणेश प्रजा, दीपक राई, सुनिता राई, रुपेश सुपेदी र विनोद बस्ताकोटी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*