प्रदेश १ का मुख्यमन्त्री राईकी श्रीमती दाबी गर्ने खड्का पेरिसडाँडाबाट पक्राउ

तु खबर संवाददाता
२०७७ आश्विन ४, आईतवार १५:१०

काठमाडौं । आफूलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती दाबी गरेर चर्चामा आएकी बालिका खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

खड्कालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी सचिवालय बैठकबीच पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेको उनलाई हाल महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखिएको काठमाडौं प्रहरीले जनाएको छ ।

दोलखाकी नेकपा कार्यकर्ता खड्काले मुख्यमन्त्री राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्दै जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएकी थिइन् । तर, उनले ३१ भदौमा अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको उल्लेख गर्दै मुद्दा फिर्ताका लागि निवेदन दिएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*