आज बस्ने भनिएको नेकपा सचिवालय बैठक केही दिन पर सर्यो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको आज बस्ने भनिएको बैठक केही दिन पर सरेको छ । शुक्रवार लागि बोलाइएको नेकपा सचिवालयको बैठक आइतवारसम्मका लागि सरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बैठक पेरिसडाँडामा बस्ने तय भएको थियो । यसअघि अधिकांश बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै राख्ने गरिएको थियो।
सचिवालय बैठकले समसामयिक र पार्टी एकताका बाँकी कामको विषयमा छलफल गर्ने पौडेलले जानकारी दिए। पेरिसडाँडामा हुने बैठकमा मन्त्रिपरिषद् पुर्नगठनका विषयमासमेत छलफल हुनेछ।
