काँग्रेस नेता पराजुलीद्वारा कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग

तु खबर संवाददाता
२०७७ भाद्र २६, शुक्रबार १८:३१

मकवानपुर । नेपाली काँग्रेस हेटौंडा नगर सभापति आनन्दराम पराजुलीले मकवानपुरका कोरोना संक्रमित पत्रकारलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

सभापति पराजुलीले कोरोना पोजेटिभ पश्चात बिमा रकमबाट आएको रकम कोरोना संक्रमित पत्रकारलाई जनही ५ हजारका दरले उपलब्ध गराउन शुक्रवार नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष तथा प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीलाई रु १५ हजार हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण पश्चात नगर सभापति पराजुलीले आफुले कोरोना जोखिमको बेला फ्रन्टलाईनमा रहेर काम गर्नेलाई मानवताको नाताले सहयोग गरेको बताए ।

सभापति पराजुलीले यसअघि पनि कोरोना बिमाबाट आएको रकम जिल्ला प्रहरी कार्यालयलाई संक्रमित प्रहरीहरुको लागि भनि ५० हजार रकम हस्तान्तरण गरेका थिए भने फुड बैंंक सानोपोखरालाई १५ हजार बराबरको सहयोग गरेका थिए ।

रकम प्राप्तपश्चात युनियनका अध्यक्ष कुमार अधिकारीले पराजुलीलाई धन्यवाद दिदैं संक्रमित भएका तिन जना पत्रकारलाई उक्त रकम प्रदान गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*