विभिन्न पार्टी परित्याग गरी ३० जना नेपाली काँग्रेसमा प्रवेश

तु खबर संवाददाता
२०७७ भाद्र २६, शुक्रबार १८:१३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ३० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरा र कांग्रेस जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा गरी ३० जना नेपाली काग्रेसमा प्रवेश गरेका हुन् ।

दुवै कार्यक्रममा उनीहरुलाई नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपपुरका सभापति ईन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता दिई स्वागत गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवं तरुण विभाग प्रमूख अर्जुन तिवारी, जिल्ला सदस्यहरु भीमसेन महत, सुनिल अधिकारी, महासमिति सदस्य रञ्जन कालाखेती, प्रतिनिधिसभा २ का संघिय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका नगर सभापति आनन्दराम पराजुली, महिला विभागकी केन्द्रीय सदस्य शर्मिला श्रेष्ठ, हेटौंडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालालगायत कांग्रेसका हेटौंडा उपमहानगर तथा गाउँपालिकाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*