नेकपा स्थायी कमिटी बैठकको निर्णयः प्रचण्ड कार्यकारी अध्यक्ष

तु खबर संवाददाता
२०७७ भाद्र २६, शुक्रबार १७:५६
file-photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकारको काममा केन्द्रीत हुने र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वयले पेश गरेको प्रस्तावमा नेताहरुले दिएको लिखित र सुझावलाई समेटिएर उक्त निर्णय गरेको पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने सो बेठकले निर्णय गरेको छ ।

त्यस्तै, सो बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*