जनताप्रति उत्तरदायी हुन निजामती कर्मचारीलाई प्रधानमन्त्री ओलीको आग्रह

तु खबर संवाददाता
२०७७ भाद्र २२, सोमबार ०८:४३
file-photo

काठमाडौँ । नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी हुन आग्रह गरेका छन् ।
निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न आग्रह गरेका हुन् ।

उनले कोरोनाको जोखिमका बेला अग्रभागमा खटिएका कर्मचारीप्रति आभार प्रकट समेत गरेका छन् ।

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको भन्दै उनले तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य रहेको बताएका छन् ।

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा निजामती दिवस मनाउने गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*