बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक सम्पन्न, प्रदेश नीति योजना आयोगको दोस्रो कार्यविधिलाई संशोधन गर्न स्वीकृत प्रदान

तु खबर संवाददाता
२०७७ भाद्र ३, बुधबार १६:०८

मकवानपुर । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश नीति योजना आयोगको दोस्रो कार्यविधिलाई संशोधन गर्न स्वीकृत प्रदान गरेको छ । बुधवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले सो निर्णय गरेको हो ।

साथै, उक्त बैठकले बागमती प्रदेशमा कोभिड–१९ को संक्रमणको रोकथाम गर्न आइसोलेशन कक्ष, क्वारेन्टाइनलगायत तत्काल स्वास्थ्य उपचार गर्ने कार्यको लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाटै स्रोतसाधन परिचालन गर्ने निर्णय गरिएको पनि बागमती सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।

सोही बैठकले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनलाई सुव्यवस्थित रुपमा संचालनमा ल्याउन आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रवक्ता ढुंगेललका अनुसार, सो बैठकले व्यवसायिक सीप विकास तालिम केन्द्रको लागि आवश्यक जनशक्तिको दरबन्दी थप गर्नुको साथै पदस्थापन गर्ने निर्णय गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*