अन्तर्राष्ट्रिय सीमानाका आगामी भदौ ३१ सम्म बन्द

तु खबर संवाददाता
२०७७ श्रावण २७, मंगलवार १८:३६

काठमाडौं । नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय सीमानाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द हुने भएको छ ।

सरकारले यसअघि साउन ३१ गतेसम्म कायम गरेको निर्णय फेरि बढाएर भदौं ३१ गतेसम्मका लागि पुयाइएको हो ।

मंगलबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थमन्त्री डा. युवराज खतिवडाले सो कुराको जानकारी दिएका हुन् ।

सरकारले स्वदेश आउनै पर्ने नेपालीको लागि भने तोकिएको १० नाकाबाट मात्रै स्वदेश भित्रन दिइने निर्णय गरेको छ । प्रवक्ता अतिवडाका अनुसा काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

मन्त्रिपरिषदले गरेको यो निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुने उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*