एकैदिन १६ सयले बढ्यो सुनको भाउ, प्रतितोला १ लाख नाघ्यो

तु खबर संवाददाता
२०७७ श्रावण २१, बुधबार १४:४५
file-photo

काठमाडौं । नेपाली बजारमा बुधवार एकैदिन सुनको भाउ एक हजार ६ सय रुपैयाँले बढेको छ । मंगलवारको तुलनामा बुधवार सुनको भाउ प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भाउ बढेसँगै आज छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुन प्रतितोला १ लाख १ हजार ४०० पुगेको छ ।

यसअघि मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदीको भाउ पनि ६५ रुपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*