बुधवार यस्तो छ नेपाली बजारमा सुनको भाउ
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार नेपाली बजारमा सुन प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
भाउ बढेसँगै आज सुन प्रतितोला ९८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलवार छापावाल सुन प्रतितोला ९८ मूल्य २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला ३०० रुपैयाँले बढेको छ । भाउ बढेसँगै तेजावी सुन प्रतितोला ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि मंगलवार तेजावी सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
