यस्तो छ आइतवार नेपाली बजारमा सुनचाँदीको भाउ

तु खबर संवाददाता
२०७७ श्रावण ११, आईतवार १३:१०
file-photo

काठमाडौं । नेपाली बजार आइतवार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले घटेको छ । आइतवार साताको अन्तिम दिन शुक्रवारको तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भाउ बढेसँगै नेपाली बजारमा आइतवार छापावाल सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रवार छापावाल सुन प्रतितोला ९५ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला ५०० रुपैयाँले बढेको छ । भाउ बढेसँगै आज तेजावी सुन प्रतितोला ९५ हजार ८६० रुपैयाँ कारोबार भइरहेको छ ।

महासंघका अनुसार, आज आइतवार चाँदीको प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*