आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भाइरहेको छ । यसअघि शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज तेजावी सुनको पनि भाउ घटेर प्रतितोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदी भने प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
