बागमती गाउँपालिका – हेर्नुहोस् वार्षिक बजेट र नीति तथा कार्यक्रमको पूर्णपाठ
मकवानपुर । बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि ५१ करोड २६ लाख २४ हजार ४ सय ४० रुपैँयाको बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको छैठौँ गाउँसभामा उपाध्यक्ष धनमाया स्याङ्तानले आगामी आवको लागि नीति तथा कार्यक्रम र अनुमानित बजेट पेश गरेकी हुन् ।
गाउँपालिकाले आगामी आवमा कृषि उत्पादन तथा पशुपालनतर्फ रोजगारमुखी कार्यक्रम ल्याउने भएको छ । भौगोलिक रुपमा विकट क्षेत्र भएकोले जनचेतनाका कार्यक्रमहरु संचालन गरी गाउँबासीको चेतना अभिबृद्धि गरीने गाउँपालिकाले जनाएको छ ।
बजेटमा कोरोना नियन्त्रण तथा रोकथामको विषयलाई प्राथमिकता दिइएको उपाध्यक्ष स्याङ्तानले जानकारी दिईन् ।
मकवानपुरका अन्य ९ वटा स्थानीय तहले आगामी आवको लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट गत असार १० गतेनै सार्वजनिक गरेका थिए । बागमती गाउँपालिकाले भने हिजो २० गतेमात्रै सार्वजनिक गरेको हो ।
[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2020/07/bagamati.pdf”]
