बिनियोजन विधेयकमा गम्भीर त्रुटी, बागमती प्रदेशको बजेट मेचीदेखि महाकालीसम्म

तु खबर संवाददाता
२०७७ असार १८, बिहीबार ०८:३१

मकवानपुर । बागमती प्रदेश सरकारले पेश गरेको विनियोजन विधेयक २०७७ मा गम्भीर त्रुटी रहेको तथ्य तु खबरले फेला पारेको छ ।

प्रदेशसभामा असार १६ गते पेश गरिएको विनियोजन विधेयकमा समाजिक विकास मन्त्रालय तर्फको बजेटमा आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई मेची, महाकाली, सेती, धौलागिरी, पर्वत, जनकपुर, लुम्बिनी र दैलेखका अस्तापतालमा पनि बजेट विनियोजन भएको छ ।

बागमती प्रदेश सरकारले पेश गरेको सो बिधेयकमा उल्लेख भएको तथ्यका आधारमा कुपोषण व्यवस्थापनका लागि पोषण पुर्नस्थापना गृह संचालन शीर्षकमा ओखलढुंगा अस्पताललाई ५० लाख, जनकपुरलाई ५० लाख, धवलागिरी अस्पताललाई ४५ लाख, पर्वतलाई ४० लाख, लुम्बिनीलाई ५० लाख, दैलेखलाई ४० लाख, महाकालीलाई ५० लाख र सेती अस्पताललाई ५० लाख बजेट विनियोजन भएको छ ।

विनियोजन बिधेयक २०७७ को पाना नं. २८५ मा बागमती प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई बजेट बनाएको फेला परेको छ । यस्तै गम्भीर त्रुटीहरु सो बिधेयकको अन्य पानामा पनि छन् ।

बिनियोजन बजेटको २८९ नम्बर पानामा पनि गम्भीर त्रुटी छ । बाागमती प्रदेशभन्दा बाहिरका थुप्रै जिल्लाहरुमा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले बजेट छुट्याएको छ ।

सो पानामा लेखिएको तथ्य अनुसार, हात्तीपाइले इन्डेमिक जिल्लाहरुमा मोबिडिटी म्यापिङ विरामी व्यवस्थापन तथा अपाङ्ता रोकथाम सम्बन्धी कार्यक्रम संचालन गर्न धनकुटा, सिराहा, सर्लाही, रौतहट, स्याङ्जा, बागलुङ, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, बर्दिया, सल्यान, दार्चुला र बझाङमा पनि रकम छुट्याइएको छ ।

हेर्नुहोस् फोटो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*