राप्रपा सचिवालयमा मकवानपुरका बर्तौलासहित ९ जना मनोनित

रासस
२०७७ असार १४, आईतवार १८:११

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विधान बमोजिक अध्यक्षत्रयले केन्द्रीय सचिवालय सदस्यमा ९ जनालाई मनोनयन गरेका छन् । जसमा मकवानपुरका राजाराम बर्तौला मनोनयन भएका छन् ।

अन्य मनोनीत हुनेहरुमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्तिप्रसाद सिटौला (झापा), भरत रायमाझी र इन्द्र चित्रकार (काठमाडौँ), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरतप्रसाद पाठक (नुवाकोट) र मीना शाही (ललितपुर) रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

साथै आज बसेको सचिवालय बैठकले सचिवालयलाई पूर्णता प्रदान गरेकामा अध्यक्ष त्रयप्रति आभार व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*