पूर्वाधार विकासतर्फ मनहरी गाउँपालिकाको योजना – ५ वटा पक्कि पुल निर्माण गरिने, उज्यालो सडक बनाइने

तु खबर संवाददाता
२०७७ असार १२, शुक्रबार १४:५२

मकवानपुर । मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको गौरवका आयोजनाको रुपमा अगाडि बढाईएको रजैया लामिटार मकरी सडक अन्तरगत पर्ने ५ वटा पक्की पुल निर्माणको काम आगामी २ बर्षभित्र सक्नेगरी ठेक्का बढाइएको गाउँपालिकाको नीति कार्यक्रममा उल्लेख
छ ।

त्यसैगरी अन्य महत्वपूर्ण सडकहरुमा कालोपत्रे गर्ने तथा ढलान गर्ने कार्यलाई निरन्तरता दिनुको साथै अन्य नयाँ स्थानको सडकको सम्भाव्यता अध्ययन गरी डी।पी।आर। तयार गरिने भएको छ ।

गाउँपालिका क्षेत्रमा प्राथमिकतामा परी विगतदेखिनै क्रमागत रुपमा सञ्चालन भइरहेका सडक आयोजनाहरुलाई बजेट विनियोजन गर्ने कार्यलाई निरन्तरता दिइनुको साथै सञ्चालनमा रहेका सडक आयोजनाहरुको लागि नियमित मर्मत सम्भार गर्न मर्मत सम्भार कोष विनियमावली बमोजिम निश्चित प्रतिशत रकम कोषमा राख्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ ।

संघ तथा प्रदेश सरकारसंगको सह–लगानीका आधारमा समपुरक कोष मार्फत ठुला सडक तथा पुल र तटवन्धन निर्माणको योजना अगाडी बढाइने र सडकका छेउमा नाला निर्माण अनिवार्य गरी हरित सडकको अवधारणालाई अवलम्बन गरिने जनाइएको छ ।

वस्ती स्तरका सडकहरुमा स्ल्याव ढलान तथा कालोपत्रे गर्ने कार्यको लागि कम्तिमा ४० प्रतिशत नगद जनसहभागिता जुटेमा प्राथमिकताका आधारमा समपूरक कोषबाट जुनसुकै बेला लगानी गरिने भएको छ ।

पूर्वि राप्ती किनार तटबन्धन क्रमागत योजनालाई प्रभावकारी बनाउन केन्द्रिय सरकार समक्ष पहल गरिने भएको छ ।

गाउँपालिका भित्रका बजार क्षेत्र तथा बजार उन्मुख टोल वस्तीहरुका सडकहरुमा वैकल्पिक उर्जा मार्फत “उज्यालो सडक” कार्यक्रम तर्जुमा एंव कार्यन्वयनलाई निरन्तरता दिईने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*