राक्सिराङको बजेट ५१ करोड १५ लाख, हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ
मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कूल ५१ करोड १५ लाख, २० हजार २ सय ७७ रुपैँयाको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
आज बसेको सातौँ गाउँसभाको अधिवेशन बैठकमा अनुमानित बजेट र वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।
संघीय सरकारबाट ३६ करोड ७० लाख ९७ हजार २ सय ७७, प्रदेश सरकारबाट ८ करोड २७ लाख ३३ हजार प्राप्त हुने र स्थानीय स्रोतबाट ३ करोड ३२ लाख संकलन हुने अनुमान गरेर आगामी आवको अनुमानित बजेट सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले तु खबरलाई जानकारी दिए ।
गाउँपालिकाले आगामी आवमा कृषि, खानेपानी, सडक पूर्वाधार, ग्रामिण विद्युतिकरण, शिक्षा, स्वास्थ्य, रोजगार र पर्यटनलगायतका क्षेत्रमा प्राथमिकता निर्धारण गरी बजेट प्रस्ताव गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
हेर्नुहोस् नीति, कार्यक्रम तथा बजेटको पूर्णपाठ
[pdf-embedder url=”https://www.tukhabar.com/wp-content/uploads/2020/06/बजेट-वक्तव्य-२०७७-०७८.pdf” title=”बजेट वक्तव्य-२०७७-०७८”]
