बागमती प्रदेशका किसानको खातामै जाने गरी दुधमा प्रतिलिटर २ रुपैयाँ दिइने
मकवानपुर । बागमती प्रदेश सरकारले किसानहरुको लागि प्रतिलिटर २ रुपैयाँ किसान कै खातामा जाने गरी बजेटको व्यवस्था गरेको छ ।
आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले दुग्ध किसानका लागि प्रतिलिटर २ रुपैयाँ खातामा जम्मा हुने गरी १६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको घोषणा गरेका हुन् ।
त्यसैगरी सरकारले कृषि बीमा गर्ने व्यवस्था समेत गरेको छ । गाउँपालिकामा कृषि भण्डारको व्यवस्था गर्ने तयारी समेत बजेटमा व्यवस्था छ ।
