मातृ मृत्युदर घटाउन १८ करोड बजेट विनियोजन
मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक बर्ष ०७७/७८ को बजेट सार्वजनिक गरिरहेका छन् ।
मातृ मृत्युदर घटाउन र बाल स्वास्थ्य स्वास्थ्य सुधार गर्नको लागि १८ करोड रकम विनियोजन गरेको मन्त्री ढुंगेलले जानकारी दिए ।
प्रदेशका विभिन्न राजमार्गमा हुने गरेका आकस्मीक दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था मिलाइएको छ ।
सबै जिल्लामा शिक्षाको समान पहुँच पुर्याउने व्यवस्था मिलाउने व्यवस्था मिलाइएको छ ।



