मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले लकडाउनलाई केही खुकुलो बनाउँदै छ । सरकारले अब मोटरसाइकल चलाउन दिने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा चालकले मात्र यात्रा गर्न पाउने निर्णय गरेको हो ।
तर, मोटरसाइकलमा एक जनाभन्दा धेरै चढ्न नपाइने सरकारका प्रवक्ता तथा सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
उक्त बैठकले सबै प्रकारका पैदल आवागमन, साइकल र मोटरसाइकल चल्न दिने निर्णय पनि गरेको छ। यो व्यवस्था बिहीबारदेखि नै लागु हुनेछ।
