मकवानपुरका कुन स्थानीय तहलाई कति बजेट (हेर्नुहोस् विवरण)

तु खबर संवाददाता
२०७७ जेष्ठ १६, शुक्रबार १९:३५

मकवानपुर । सरकारले हिजोको बजेट वक्तब्य मार्फत् मकवानपुरका स्थानीय तहलाई अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत् रकम उपलब्ध गराउने भएको छ ।
मकवानपुरका १० वटै स्थानीय तहलाई वित्तीय हस्तान्तरण माफत् रकम उपलब्ध गराइएको हो ।

हेटौंडा उपमहानगरपालिकालाई ९९ करोड, थाहा नगरपालिकालाई ४० करोड, इन्द्रसरोबर गाउँपालिकालाई २१ करोड, कैलाश गाउँपालिकालाई २६ करोड, बकैया गाउँपालिकालाई ३९ करोड, बग्मती गाउँपालिकालाई ३१ करोड, भीमफेदी गाउँपालिकालाई ३१ करोड, मकवानपुरगढी गाउँपालिकालाई ३३ करोड, मनहरी गाउँपालिकालाई ३१ करोड र राक्सिराङ गाउँपालिकालाई २८ करोड विनियोजन गरिएको छ ।

समानिकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदानको रुपमा यी रकम बिनियोजन गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*