आज नेकपा स्थायी कमिटी बैठक बस्दै, सीमा विवाद र नीति तथा कार्यक्रमबारे छलफल हुने

तु खबर संवाददाता
२०७७ बैशाख ३१, बुधबार ०८:२६
file-photo

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय धुम्बारीमा बस्ने भएको हो ।

उक्त बैठकलमा सरकारको नीति तथा कार्यक्रम र भारतले अतिक्रमण गरेको नेपाली भूमिबारे छलफल गर्ने एजेण्डा छ ।

यसअघि २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।
सरकारले नीति तथा कार्यक्रम ल्याउनुभन्दा २ दिनअघि नेकपाले स्थायी कमिटी बैठक बोलाएको हो ।

सरकारले आगामी जेठ २ गते संसदमा नीति तथा कार्यक्रम पेस गर्दैछ ।

यसअघि बैशाख २५ स्ने भनिएको उक्त बैठकम अन्तिममा आएर स्थगि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*